Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

आफ्नो सबैभन्दा ठूलो लक्ष्य नेपाललाई टेस्ट राष्ट्रका रूपमा देख्नु : कप्तान सन्दीप लामिछाने


सूचना कुण्ड
आफ्नो सबैभन्दा ठूलो लक्ष्य नेपाललाई टेस्ट राष्ट्रका रूपमा देख्नु : कप्तान सन्दीप लामिछाने

काठमाडौँ , असोज  २  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दोस्रो पटक एसिया कपमा पुग्नुमा टोलीका हरेक खेलाडी र टीमको उत्तिकै योगदान रहेको बताउनुभएको छ ।  । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको थियो । प्रतियोगितामा सन्दीप आफैं उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट बनेका थिए । उहाँले सफलता कुनै एक खेलाडीको मात्र नभई सबैको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो  ।

उहाँ भन्नुभयो , ‘हरेक प्लेयरको उत्तिकै महत्त्वपूर्ण भूमिका थियो यो जितमा ।’ प्रतियोगिताअघि भारतमा गरिएको अभ्यासदेखि मलेसियामा भएका खेलसम्म हरेक खेललाई उत्तिकै महत्त्वका साथ लिएर योजना बनाइएको उहाँले बताउनुभयो  । 

प्रतियोगिता चलिरहेका बेला नेपाल बाढीको पीडामा रहेकाले टोली पनि दुःखी भएको सन्दीपले बताउनुभयो। देशमा भइरहेको क्षतिका खबर हरेक १५–२० मिनेटमा हेर्दा आफूहरूलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो । यस्तो अवस्थामा राष्ट्रिय टोलीले नेपाललाई खुसी दिनुपर्छ भन्ने लक्ष्यले खेलाडीलाई थप प्रेरणा दिएको उहाँले बताउनुभयो  । 

सन्दीपले आफ्नो सबैभन्दा ठूलो लक्ष्य नेपाललाई टेस्ट राष्ट्रका रूपमा देख्नु रहेको बताउनुभयो । त्यसका लागि आउने अवसरलाई सदुपयोग गर्दै मैदानमा खेलेर प्रमाणित गर्नुपर्ने उहाँ को भनाइ छ । अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गरे पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितलाई आफूले प्राथमिकता दिने उनले बताउनुभयो । प्रिमियर कपमा स्पिन बलिङ प्रभावकारी हुनुमा खेलाडी र परिस्थितिको संयोजन रहेको उहाँको भनाइ छ । टोलीमा ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र शेर मल्लजस्ता स्पिन बलिङ गर्न सक्ने खेलाडी रहेकाले एक जना मुख्य तीव्र गतिका बलर प्रयोग गर्ने योजना बनाइएको उहाँले बताउनुभएको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend