Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

घरजग्गा कारोबार बढ्यो


सूचना कुण्ड
घरजग्गा कारोबार  बढ्यो

काठमाडौँ,भाद्र ३० :  आर्थिक वर्षमा घरजग्गाको कारोबारमा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिअनुसार गत आर्थिक वर्षमा घरजग्गा कारोबार संख्या ४.७४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै घरजग्गाको कारोबार १२.२५ प्रतिशतले बढेको छ । यसले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा घरजग्गा कारोबारमा सुधार आएको देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको प्रतिवेदनले औल्याएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १५.४५ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा लिखतपारित अन्तर्गतको राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या ८.१५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

गत आर्थिक वर्षमा कारोबार भएको कूल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब २०.८६ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ८६.१५ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend