Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

अन्डाको मूल्य हालसम्मकै उच्च, कुनको कति ?


सूचना कुण्ड
अन्डाको मूल्य हालसम्मकै उच्च, कुनको कति ?

काठमाडौँ, भदौ १९ : नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ । 

संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो । संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ । 

त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५५० रुपैयाँ कायम गरिएको छ । संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ । संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५, मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ । यसअघि ४ भदौमा अन्डाको समर्थन मूल्य तोकिएको थियो । 

नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठुलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ । जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ थियो । अहिले १५ रुपैयाँ बढाएर ६ सय ५ पुर्‍याइएको छ । ठुलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५ सय ९० समर्थन मूल्य तोकिएको छ । मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५ सय ५० तोकिएको छ । यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५ सय ३५ थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend