Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार :उपचारहुँदै


सूचना कुण्ड
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार :उपचारहुँदै

काठमाडौँ, भदौ १९ :त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई एयर डाइनेस्टीको विमानबाट काठमाडौँ ल्याइएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो । शाहको उपचार नुवाकोटस्थित त्रिशुली अस्पतालमा भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । 

उद्धार गरिएका नेपाल विद्युत प्राधिकरणका दुवै जना कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधिकरणले जनाएको छ। हाल उहाँहरुको छाउनीस्थित वीरेन्द्र अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। दुबैको सिटी स्क्यान सामान्य रहेको प्राधिकरणले जानकारी दिएको छ ।कोइलाडी- ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाह माथिल्लो त्रिशुली ३ 'ए' मा र काठमाडौँको बालकुमारी-३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा  कार्यरत हुनुहुन्थ्यो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend