Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृष्णभीरमा सडक बगाएपछि राजमार्ग अवरुद्ध : प्राविधिक अध्ययन गर्दै विभाग


सूचना कुण्ड
कृष्णभीरमा सडक बगाएपछि राजमार्ग अवरुद्ध  :  प्राविधिक अध्ययन गर्दै विभाग

चितवन भदौ १४ : त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुग्लिनस्थित इन्जिनियर धिरज ढकालका अनुसार त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर नजिकै सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

‘‘पृथ्वी राजमार्ग अहिले कुनै पनि अवस्थामा सञ्चालन गर्न सकिने अवस्थामा छैन,’’ उहाँले भन्नुभयो ।

त्रिशूली नदीले तलबाट ‘फ्लो कटिङ’ गर्दा सडक बगेको हो । नदीले करिब ५० मिटर लम्बाइसम्म सडक बगाएको र कतिपय स्थानमा पाँच मिटरसम्म सडक कटान भएको उहाँले जानकारी दिनुभयो । कतिपय स्थानमा सडक चिरिएकाले थप भासिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

‘‘राजमार्ग खुलाउने विकल्प डाइभर्सन हो । तर, कृष्णभीरमा विगतमा पहिरोले धेरै दुःख दिएकाले त्यहाँबाट डाइभर्सन निर्माण गर्ने सम्भावना कम छ । बगेकै स्थानमा ‘टो वाल’ बनाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले राजमार्ग खुल्न केही समय लाग्नेछ,’’ उहाँले भन्नुभयो ।

केही समयअघि सडक बगेपछि अहिले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन बन्द गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ जान सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend