Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङबाट उद्धारको बाटो खोल्ने प्रयास जारी


सूचना कुण्ड
त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङबाट उद्धारको बाटो खोल्ने प्रयास जारी

काठमाडौँ, भदौ १४ :बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।

आइतबार बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मीको टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।

‘क्राउन’ पहिचान भएपछि सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने कार्य सुरु गरिएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउन यो प्रयास महत्त्वपूर्ण मानिएको छ ।

उद्धार टोलीले ड्रिलिङबाट बनाइएको प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बिच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend