Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मन्त्रीहरुले उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने


सूचना कुण्ड
मन्त्रीहरुले उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने

काठमाडौं, भदौ १२ : सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ।

भोटेकोशी बाढी : पाँच सय ५३ जनाको शव फेला

 नेपाल प्रहरीले शुक्रबार अपरान्ह ५ बजेसम्म पाँच सय ५३ जनाको शव फेला परेको जानकारी दिएको छ । 

प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४७ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३८ जना, चितवनमा २२२ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । 

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।  

हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । 

काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ९७ छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend