Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भोटेकोशी बाढी :हालसम्म २८९ जनाको मृत्यु


सूचना कुण्ड
भोटेकोशी बाढी :हालसम्म २८९ जनाको मृत्यु

काठमाडौँ, भदौ ११ :रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले रसुवामा तीन, नुवाकोटमा १२, धादिङमा २९, गोखरामा २९, चितवनमा १२१, तनहुँमा १६, नवलपरासी पूर्वमा ६५ र नवलपरासी पश्चिममा १४ जनाको शव फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०,  नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend