Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मलेसियामाथि नेपालको जित


सूचना कुण्ड
मलेसियामाथि नेपालको जित

काठमाडौँ, भदौ ९ : मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । 

जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् । त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८।२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । 

त्यसै गरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए । यही भदौ १४ गतेदेखि मलेसियामा नै आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपालले उक्त अभ्यास खेल खेलेको हो । 

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह ‘बी’ मा भने संयुक्त अबर इमिरेट्स ९युएई०, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्ने छ  । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend