Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शौच गर्न गाडिबाट झर्दा...


सूचना कुण्ड
शौच गर्न गाडिबाट झर्दा...

रुकुम पश्चिम, भदौ ७ :रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे.१ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहनुभएको छ।

प्रहरीका अनुसार स्वस्तिकाका श्रीमान् लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत हुनुहुन्छ। उहाँलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको हो। प्रहरीले दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको जनाएको छ।

ठक्कर दिने गाडी घटनास्थलमै रहेको छ भने चालक सानीभेरी गाउँपालिका–३, चौखे निवासी अमर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend