Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

नेपालमा पहिलो पटक यही साउन ३१ मा Hikvision Experience Expo 2026 – Koshi Edition आयोजना हुँदै


सूचना कुण्ड
नेपालमा पहिलो पटक यही साउन ३१ मा  Hikvision Experience Expo 2026 – Koshi Edition आयोजना हुँदै

 विराटचोक (मोरङ ) साउन २४  :  नेपालमा Hikvision तथा EZVIZ का National Distributor Maxima Multinational Trading Pvt Ltd को support तथा Koshi Province का प्रमुख dealer partner हरु Tejasvi Computer Support झापा बिर्तामोड, RS Computer दमक झापा, paragon it solutions pvt ltd इटहरी, Alpine  Technologies बिराटनगरको संयुक्त आयोजनामा “Hikvision Experience Expo 2026 – Koshi Edition”  नेपालमा पहिलो पटक आयोजना हुने भएको छ।

कार्यक्रम १६ अगस्ट २०२६ (श्रावण ३१, २०८३), आइतबार, बिहान ११:०० बजेदेखि Nepalirika hotel, biratchowk Morang मा आयोजना हुनेछ। कार्यक्रममा Hikvision का नवीनतम technology तथा विभिन्न security र smart solutions लाई प्रत्यक्ष रूपमा प्रदर्शन गरिनेछ।

Expo मा Home & Small Business Security, Intelligent Traffic Solution, Professional Audio Solution, Display, Advertising & Education Solution, Alarm & Safety Solution, Hikvision Software Solution, New Innovative Products तथा EZVIZ Wireless Home Security लगायतका solution हरू प्रदर्शनीमा राखिनेछन्। यसका साथै सहभागीहरूले Live Product Demonstration, Hands-on Experience, Expert Consultation, Interactive Sessions तथा New Technology & Application Insights प्राप्त गर्ने अवसर पाउनेछन्।

Maxima Multinational का Chairman /CEO मनिकुमार तामाङका अनुसार यो कार्यक्रम केवल product exhibition नभई नेपालको सुरक्षा तथा smart technology क्षेत्रमा भइरहेको परिवर्तन र नयाँ सम्भावनालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पनि हो। उहाँका अनुसार, Koshi Province नेपालको महत्वपूर्ण व्यापारिक तथा औद्योगिक क्षेत्र भएकाले यहाँका व्यवसाय, उद्योग, घरपरिवार, शैक्षिक संस्था तथा अन्य क्षेत्रका लागि आवश्यक smart security र technology solutions लाई अझ नजिकबाट प्रस्तुत गर्ने उद्देश्यले Expo आयोजना गरिएको हो। Chairman /CEO तामाङले भन्नुभयो “हामी product मात्र बेच्न चाहँदैनौँ, ग्राहकको आवश्यकता बुझेर सही solution उपलब्ध गराउने र हाम्रा dealer तथा business partners सँग दीर्घकालीन partnership निर्माण गर्ने हाम्रो उद्देश्य हो। Koshi Province मा technology adoption लाई अझ अगाडि बढाउन यो Expo महत्वपूर्ण platform बन्ने विश्वास लिएका छौँ ।” 

कार्यक्रममा Hikvision headquarter का प्रतिनिधि हरु तथा Maxima का representatives को रुपमा chairman का साथै managing director प्रमोद अधिकारी,  director कमल तामाङ, कोशी प्रदेशका  dealer, system integrators, installers, business community, corporate representatives, educational institutions, security professionals तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ। Maxima Multinational ले Expo मार्फत innovation, smart security, AI-based technology र integrated solutions सम्बन्धी जानकारी तथा प्रत्यक्ष अनुभव प्रदान गर्ने जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend