Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शिवालयहरुमा  भक्तजनको भीड


सूचना कुण्ड
शिवालयहरुमा  भक्तजनको भीड

काठमाडौं, साउन १८ :साउनको सोमबार आज पशुपतिनाथको मन्दिर सहित शिवालयहरुमा  भक्तजनको भीड लागेको छ ।

हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना गर्ने गरिन्छ । साउनको सोमबार शिवजीको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोले पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति दर्शनका लागि दिनभरिनै भक्तजनको चहलपहल रहेको छ ।  साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend