Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बर्दियामा वयस्क गैँडा मृत फेला


सूचना कुण्ड
बर्दियामा वयस्क गैँडा मृत फेला

 बर्दिया, साउन १६ :बर्दियामा एक वयस्क गैँडा मृत फेला परेका छ । गेरुवा गाउँपालिका वडा ६ असारेगौडी नजिक गेरुवा नदीको विचभागमा गैँडा मृत फेला परेको हो । 

मृत गैँडा करिब २१ वर्षको भाले गैंडा रहेको अनुमान गरिएको छ । गैँडा एक आपसमा जुधेर मरेको प्रारम्भिक अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । उहाँले गैँडाको खाग सुरक्षित रहेको बताउँदै पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र विस्तृत विवरण थाहा हुने बताउनुभयो । 

गैँडा मृतअवस्थामा देखेपछि स्थानीयले बर्दिया राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए । हाल निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी पोष्टमार्टमका लागि खटिएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend