Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रहेनन् विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) : ब्रोड पिकको हिमपहिरोमा परी दसै जना आरोहीको निधन


सूचना कुण्ड
रहेनन्  विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) : ब्रोड पिकको हिमपहिरोमा परी दसै जना आरोहीको निधन

काठमाडौं, साउन १६ :   विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए ।

पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।

नेपाली आरोहीको निधनमा प्रधानमन्त्रीव्दारा  दुःख व्यक्त 

प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा ज्यान गुमाएका निर्मला पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ । विश्वको १२ औँ अग्लो (आठ हजार ५१ मिटर) ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा) र अन्य चार जना विदेशी आरोहीको हिमपहिरोमा परी दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको उहाँले बताउनुभएको छ।

“आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,”प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ , “हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।” तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उहाँले बताउनुभएको छ । 

“विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित  आरोहीहरूको दु:खद निधनले स्तब्ध बनाएको छ,” सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ 

“निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

यस्तै, सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले  शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त व्यक्त गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend