Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

निर्माण सुरु भएको करिब ८० महिनापछि गढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउँदै


सूचना कुण्ड
निर्माण सुरु भएको करिब ८० महिनापछि गढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउँदै

काठमाडौँ,  साउन ९ :  निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अबचाहिँ सञ्चालनमा आउने भएको छ ।

सोमबारदेखि सञ्चालन हुने सुरुङ चौबीसै घण्टा खुला हुनेछ । पहिलो लटमा आपत्‌कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।

सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ । तत्कालीन  चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend