Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ग्यास लिक हुँदा ४ जना बालिका घाइते


सूचना कुण्ड
ग्यास लिक हुँदा ४ जना बालिका घाइते

पाल्पा , साउन ७ गते । तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुलमा ग्यास लिक हुँदा ४ जना बालिका घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दिउँसो खाजा खाने क्रममा विद्यालयकै क्यान्टिनभित्र ग्यासको पाइप लिक हुँदा आगो लागेको थियो । आगलागीबाट सचिता बानु, पर्सुजा दंगाल, अनुष्का कुमाल र आरन्या शाक्य घाइते भएका छन् । 

घाइतेमध्ये बानुको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि रिफर गरिएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । अन्य ३ जनाको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । घाइतेहरू एलकेजीमा पढ्ने ४–५ वर्षका बालिका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो।

बिहीबार दिउँसो विद्यालयमै खाजा खुवाउने क्रममा ग्यासको पाइप लिक भएर आगोलागी भएको अस्पतालका प्रिन्सिपल महेन्द्र पोखरेलले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend