Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णय


सूचना कुण्ड
मन्त्रीपरिषद् बैठकका यस्ता छन्  निर्णय

काठमाडौँ, असार ३० : सरकारले बिउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त कुराको जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलका अनुसार बैठकले 'बिउबिजन (पहिलो संशोधन) नियमावली–२०८३' स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend