Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

णेश नेपालीको परिवारसँग नौ बुँदे सहमति :


सूचना कुण्ड
णेश नेपालीको परिवारसँग नौ बुँदे सहमति :

काठमाडौँ, असार २८:  त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय  गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति भएको छ । मिति २०८३ साल असार २६ गते वीर अस्पतालको ‘वर्न युनिट’ मा उपचारका क्रममा मुगु सोरु गाउँपालिका वडा नं. १, जवलधाराका २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो ।  

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र पीडित परिवार तथा वार्ता समितिबिच आइतबार दिउँसो सहमति भएको हो । 

उक्त सहमति अनुसार मृतक नेपालीकी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने, निजको छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने बताइएको छ । 

यसैगरी, मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने छ ।

पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिने उनीहरुबिच सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend