Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका


सूचना कुण्ड
विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ, असार२५ असार : फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न शक्तिशाली राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुँदै छ ।

तालिका अनुसार पहिलो क्वार्टरफाइनलमा असार २५ गते बिहीबार राति फ्रान्स र मोरक्कोबिच बोस्टन रङ्गशालामा  प्रतिस्पर्धा  हुनेछ । दोस्रो क्वार्टरफाइनल खेल असार २६ गते शुक्रबार राति स्पेन र बेल्जियमबिच लस एन्जलस रङ्गशालामा सञ्चालन हुने तय भएको छ ।

यसैगरी तेस्रो क्वार्टरफाइनलमा असार २७ गते शनिबार राति नर्वे र इङ्ल्यान्डबिच मियामी रङ्गशालामा प्रतिस्पर्धा हुनेछ भने चौथो क्वार्टरफाइनल खेल असार २८ गते आइतबार बिहान अर्जेन्टिना र स्विट्जरल्यान्डबिच कान्सास सिटी रङ्गशालामा खेलिने छ ।

क्वार्टरफाइनलका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो र दोस्रो क्वार्टरफाइनलका विजेताबिच पहिलो सेमिफाइनल खेल असार ३० गते मङ्गलवार राति डालस रङ्गशालामा हुनेछ । त्यस्तै, तेस्रो र चौथो क्वार्टरफाइनलका विजेताबिच दोस्रो सेमिफाइनल खेल असार ३१ गते बुधबार राति एटलान्टा रङ्गशालामा हुने खेल तालिकामा उल्लेख छ। 

यात्रा कस्तो ?
फ्रान्स – समूह चरणदेखि नै उपाधि दाबेदारका रूपमा देखिएको फ्रान्सले आफ्नो लय कायम राख्यो । राउन्ड अफ १६ मा कठिन प्रतिद्वन्द्वी पाराग्वेलाई १–० ले हराउँदै क्वार्टरफाइनल पुग्यो । त्यसनिम्ति टोलीले भीएआरको मद्दत पायो । र, पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गरेपछि ९० मिनेटमा नतिजा निस्कियो ।

मोरक्को – सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा पुग्नु केवल संयोग होइन भन्ने प्रमाण मोरक्कोले फेरि पेस गर्‍यो । राउन्ड अफ १६ मा सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो विश्वकपमा अन्तिम आठमा स्थान बनायो । टोलीको दाउ अब अफ्रिकालाई विश्वकप दिलाउनु रहेको छ ।

स्पेन – छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलविरुद्धको बहुप्रतीक्षित खेलमा स्पेनले १–० को जित निकाल्यो । उक्त खेलमा दुई वैकल्पिक खेलाडीको तालमेलमा स्पेनले गोल गर्‍यो । अनि, पोर्चुगल बाहिरिएसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा समाप्त भयो ।

बेल्जियम – समूह चरणमा बेल्जियम सामान्य देखियो । टोली नकआउटमा विस्फोटक बन्यो । बेल्जियमले अमेरिकालाई ४–१ ले हराउँदै आफू अझै खतरनाक टोली रहेको सन्देश दियो ।

इंग्ल्यान्ड – मेक्सिकोविरुद्ध १० खेलाडीमा सीमित हुँदा पनि इंग्ल्यान्डले ३–२ को रोमाञ्चक जित निकाल्यो । एजेट्का स्टेडियममा लाखौँ मेक्सिकन समर्थकमाझ प्राप्त यो जितलाई प्रतियोगिताकै उत्कृष्ट खेलमध्ये एक मानिएको छ । 

नर्वे – प्रतियोगिताको सबैभन्दा ठूलो आश्चर्यमध्ये एकको छवि नर्वेले बनायो । ब्राजिललाई २–१ ले हराउँदै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा पुगेर हालान्डको टोलीले इतिहास रच्यो ।

अर्जेन्टिना – इजिप्टविरुद्ध ७९औँ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्टाएर अर्जेन्टिनाले ३–२ को अविश्वसनीय जित निकाल्यो । सोही खेलमा केही लामो विवादको पनि जन्म भयो ।

स्वीट्जरल्यान्ड – कोलम्बियासँगको अत्यन्त प्रतिस्पर्धात्मक खेल पेनाल्टी सुटआउटमा जित्दै स्वीट्जरल्यान्डले अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो । र, राउन्ड अफ आठमा पुग्ने ‘सरप्राइज’ टोली बन्यो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend