Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मुख्यसचिव पदमा कार्की नियुक्त


सूचना कुण्ड
मुख्यसचिव पदमा कार्की  नियुक्त

काठमाडौँ, असार २४  :  सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। 

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गरेको हो । 

उहाँ यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

त्यसैगरी मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।

सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । सँगै सरकारले  'विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३', 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३' र 'कारागार नियमावली, २०८३' लाई स्वीकृत गरेको छ।

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजनालाई बैठकले स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत

४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत

५.कारागार नियमावली: ’कारागार नियमावली, २०८३’ स्वीकृत

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend