Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौँ भित्र पछिल्लो एक घण्टामा सबैभन्दा बढी गोदावरी क्षेत्रमा वर्षा


सूचना कुण्ड
काठमाडौँ भित्र पछिल्लो एक घण्टामा सबैभन्दा बढी गोदावरी क्षेत्रमा वर्षा

काठमाडौँ, असार २२ : मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको सबैजसो स्थानमा वर्षा भइरहेको छ । 

मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ भित्र पछिल्लो एक घण्टामा सबैभन्दा बढी गोदावरी क्षेत्रमा ३१.८ मिलिमिटर वर्षा भएको छ । 

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको लगभग सबै ठाउँमा पानी परेको छ । सबैभन्दा बढी गोदावरीमा पछिल्लो एक घण्टामा ३१.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी, लेलेमा १३ मिलिमिटर र टीकाथलीमा १३ मिलिमिटर र अरु स्थानमा ६ देखि ७ मिलिमिटरको रेञ्जमा वर्षा भइरहेको छ ।”

उहाँका अनुसार अहिले कोशी, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

पछिल्लो एक घण्टामा कोशी प्रदेशको सोलुखुम्बु र मोरङ, लुम्बिनी प्रदेशको रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ ।  यी क्षेत्रमा केही समयसम्म वर्षा अझै जारी रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend