Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश : पाँच पटकको विश्वकप विजेता ब्राजिल पराजित


सूचना कुण्ड
नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश : पाँच पटकको विश्वकप विजेता ब्राजिल पराजित

काठमाडौँ, असार २२ : इर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।इर्लिङ हालान्डको दुई गोलमा नर्वेले सोमबार ब्राजिललाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो  ।

खेलको अन्तिमतिर हालान्डले २ गोल गरेका थिए भने नर्वेका गोलरक्षक ओर्जान निलान्डले उत्कृष्ट बचाउहरु गरेका थिए । 

नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । हारपछि सन् २००२ यता पहिलो पटक विश्वकप उपाधि जित्ने ब्राजिलको सपना यसपटक पनि अधुरो नै रह्यो । ब्राजिलले कीर्तिमानयुक्त ५ पटक विश्वकप जितेको छ ।  

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका एन्ड्रेज स्जेल्डेरुपको पासमा हालान्डले दुवै गोल गरेका थिए । उनले ७९ औं मिनेटमा शक्तिशाली हेडमा गोलको खाता खोलेका थिए भने ९० औं मिनेटमा दोस्रो गोल गरेका थिए । योसँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् र सर्वाधिक गोल गरेर गोल्डेन बुट पाउने सूचीमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एमबाप्पेसँगै रहेका छन् ।

इन्जुरी टाइमको दसौं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका नेयमारले पेनाल्टीमा गोल गरेका थिए, जुन ब्राजिलका लागि सान्त्वना मात्र बन्न सक्यो । पहिलो हाफमै ब्रुनो गुमिरेजको पेनाल्टी नर्वेका गोलरक्षक निलान्डले बचाउ गरेका थिए । ब्राजिललाई यो नै दुर्भाग्य बन्यो । 

नर्वेले न्युयोर्कको न्यु जर्सी रंगशालामा अन्तिम १६ को खेलमा विजय हात पारेसँगै क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग मायामीमा खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend