Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश


सूचना कुण्ड
साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

मियामी, असार २० :  साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा केप भर्डेमाथि ३-२ को कठिन जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालनीले उक्त खेल आफ्नो प्रशिक्षकीय जीवनकै सबैभन्दा चुनौतीपूर्णमध्ये एक भएको बताउनुभएको छ ।

मियामीको अत्यधिक गर्मीबिच करिब पाँच लाख जनसङ्ख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले अर्जेन्टिनालाई कडा प्रतिस्पर्धा दिएको थियो । लियोनेल मेसीले विश्वकपमा आफ्नो २० औँ तथा यस संस्करणको सातौँ गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर विश्वकपमा पहिलो पटक सहभागी भएको ब्लु साक्र्सु उपनामले परिचित केप भर्डेले हार स्वीकार गरेन ।

खेलको ६० औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि निर्धारित समय १-१ को बराबरीमा सकियो र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि २-२ को बराबरीमा पुर्याए ।

अन्ततः क्रिस्टियन रोमेरोको दबाबका क्रममा डिनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्यो । त्यससँगै अर्जेन्टिनाले ३-२ को रोमाञ्चक जित दर्ता गर्दै मङ्गलबार हुने अन्तिम १६ को खेलमा इजिप्टसँगको भेट पक्का गर्यो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend