काठमाडौँ, असार १९ : प्रधानमन्त्री वालेन्द्र शाहले ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार विभिन्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापालाई नियुक्त गरेका हुन् । थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए ।
त्यस्तै प्रधानमन्त्री शाहले पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. कृष्णदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेललाई नियुक्त गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
