Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भेनेजुएलाको काराकासमा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प


सूचना कुण्ड
भेनेजुएलाको  काराकासमा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प

काठमाडौँ, असार ११:  भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् ।  

विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ । 

उहाँका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।  

बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म समेत महसुस गरिएको थियो ।  

सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको देखाइएको छ । 

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गर्दै भवन भत्किएका कारण यो क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो । हाल प्रभावित क्षेत्रहरूमा सेना र उद्धारकर्मीहरू परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको खबर अलजजिराले लेखेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend