Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काभ्रेको दुई कुखुरा फर्ममा ‘बर्ड फ्लू’


सूचना कुण्ड
काभ्रेको दुई  कुखुरा फर्ममा ‘बर्ड फ्लू’

काभ्रेपलाञ्चोक, असार ९ :  काभ्रेपलाञ्चोक जिल्लाको दुई वटा कुखुरा फर्ममा ‘बर्ड फ्लू’ देखिएको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिका–१३, साँगास्थित बद्रि खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका–७ स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस  र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ ।

कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुरले खत्रीको लेयर्स फर्मका कुखुरामा असार ३ गते बर्ड फ्लू पुष्टि भएको र पनौतीस्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फार्ममा पालिएका हाँस र लोकल कुखुरामा असार ७ गते बर्ड फ्लू रहेको पुष्टि भएको बताउनुभयो । 

उहाँले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका एक हजार ६५० वटा कुखुरा नष्ट गरिएको बताउनुभयो । यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो । 

डा. ठाकुरले कार्यालयको फेसबुकमार्फत बर्ड फ्लूका बारेमा सचेतना प्रदान प्रदान गरिएको र जिल्लाका विभिन्न नाकाबाट पशु ओसारपसार हुने भएकोले नाकाहरूमा सुरक्षा जाँच समेत बढाइएको बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थान रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend