Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर


सूचना कुण्ड
महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, असार ८ : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुस्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत भुक्तानी लिइ दिइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, मूहल्बअर आइडी सर्भिसेस (जीएमबीएच) एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने जरहार्ड माउरर, प्याभल रेकिइ र मणिन्द्र राज मल्लविरुद्ध एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भेरिडोस जीएमबीएच एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने फेबिओला बेलरशेम, फ्लोरियन प्याक्लिन र सिद्धार्थ थापाविरुद्ध आठ अरव २२ करोड ३५ लाख चार हजार ४४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार उनीहरुविरुद्ध दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको अयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend