Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत


सूचना कुण्ड
काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, जेठ ३१ :  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति प्रस्ताव गरेको हो ।

राष्ट्रिय सभा गृहमा आइतबार आयोजित नगर सभाको १९ औँ अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । चालू आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनालाई नीतिमा समेटिएको छ ।

प्रस्तावित नीति तथा कार्यक्रममाथि आगामी असार १ गते बस्ने नगर सभाको बैठकमा विस्तृत छलफल हुने कार्यतालिका छ । आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, वातावरणीय सन्तुलन, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाइएको महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend