Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

फिर्केखोला अतिक्रमण हटाउन सुरु


सूचना कुण्ड
फिर्केखोला अतिक्रमण हटाउन सुरु

पोखरा, जेठ १० : पोखराको करिब मध्य भागबाट बग्ने फिर्केखोला अतिक्रमण हटाउन सुरु गरिएको छ ।

पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको मध्य भाग हुँदै बग्ने फिर्केखोलाकै बहाब क्षेत्रमा एक सय ६० संरचना छन् ।आठ किमी लामो यो खोला महानगरका वडा नम्बर २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिन्छ ।

यो खोलामाथि नै बनेका संरचना आइतबार बिहान १० बजेबाट भत्काउन थालिएको छ । महानगरले गठन गरेको सीमाङ्कन टोलीले २०८० मा तयार पारेको प्रतिवेदनमा खोलाघर मिचेर एक सय ६० अस्थायी र स्थायी संरचना बनेको देखाएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले जिरोकिमीमा पुगेर अतिक्रमण हटाउने अभियान सुरुआत गर्नुभयो । उहाँले खोलाको प्राकृतिक बहाव कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

“मापदण्डको कुरा पछि गर्दै गरौला, अहिले खोलाघरको कुरा छ । खोलैमाथि घर बनाउनु त भएन नि ।”महानगरपालिकाले फिर्केखोलाको खोलाघर खाली गर्न ३५ दिने सूचना जारी गरेकोमा शनिबार समयसीमा सकिएको छ ।

महानगरले पोखरा वडा नम्बर २ र १८ को सिमाना अधेरीकुना, पोखरा ४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिर र जिरोकिमीस्थित लायन्सको भवनबाट डोजर चलाउन थालेको हो ।

२०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाइने भएको छ । खोलाघर क्षेत्रमा रहेका सुकमबासीलाई व्यवस्थापन गर्ने र अरुलाई हटाउने महानगरको तयारी छ ।

कतै फराकिलो खोला कतै यति साँघुरो छ कि ह्युमपाइम राखेर त्यसमाथि संरचना बनाइएका छन् । महानगरले पछिल्लो पटक जारी गरेको खोलाहरुको मापदण्डमा फिर्केखोलाको मापदण्ड छ मिटर कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend