Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सिँचाइ कार्यालयका दुई कर्मचारीको जिप दुर्घटनामा मृत्यु


सूचना कुण्ड
सिँचाइ कार्यालयका दुई कर्मचारीको जिप दुर्घटनामा मृत्यु

दार्चुला, चैत १७ : दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।

मृतकमा महाकाली नगरपालिका–६, निसिल घर भई कार्यालयमा कार्यरत अधिकृत इन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१, बारिल घर भई कार्यालयमा कार्यरत सिनियर (एओ) भरतबहादुर तितरा रहनुभएको छ।

कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४, काँडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सु.प.प्र.–००१ ज. १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उहाँहरूको मृत्यु भएको वडाध्यक्ष रामसिंह ठगुन्नाले जानकारी दिनुभयो।

जिपमा सवार अन्य चार जनाले घाइते भएका छन्। घाइतेहरूमा मालिकार्जुन गाउँपालिका–५, डाँडाकोट घर भई कार्यालय सहयोगी पदमा कार्यरत मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना, तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहनुभएको छ। घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली घटनास्थलमा पुगेर उद्दार कार्यमा लागेको थियो। दुर्घटना मङ्गलबार बिहान ९ बजेतिर भएको हो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend