Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जनजीवन सामान्यतर्फ फर्किएपछि हटाइयो कपिलवस्तुमा लगाइएको निषेधाज्ञा


सूचना कुण्ड
जनजीवन सामान्यतर्फ फर्किएपछि हटाइयो कपिलवस्तुमा लगाइएको निषेधाज्ञा

कपिलवस्तु ,चैत्र १० : जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो ।

जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि मिति २०८२ चैत्र ७ गते दिउँसो २ बजे र चैत्र ८ गते दिउँसो १ बजेबाट जिल्लाका विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको, सरोकारवालासँग समन्वय गरी स्थिति नियन्त्रणमा ल्याइएको र अब नागरिकलाई सहज रूपमा आवतजावत तथा दैनिक कामकाज गर्न वातावरण बनेकाले निषेधाज्ञा हटाइएको बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुन व्यवस्था कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह समेत गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend