काठमाडौँ, चैत ७ : देशभरका इस्लाम धर्मावलम्बीले शनिबार ईद–उल–फित्र पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ ।
सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । शनिबार बिहानै काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाएका छन् ।
इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीहरूले जकात (दान) दिने चलन छ र यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ । आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो ।
