Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

टुँडिखेलमा घोडा दौड


सूचना कुण्ड
टुँडिखेलमा घोडा दौड

काठमाडौँ, चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा घोडेजात्रा–२०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली सेनाको एक टोलीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको रुचिपूर्वक अवलोकन गर्नुभयो । त्यसक्रममा सेनाका तर्फबाट टाँगन घोडा दौड, शो–जम्प, म्युजिकल राइड, र्‍यापिड क्रस र विभिन्न रोचक कलाहरू प्रदर्शन गरिएका थिए । प्रदर्शनका विभिन्न विधामा उत्कृष्ट हुने सातौँ र छैटौँ स्थान प्राप्त गर्ने अधिकृत तथा जवानलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

चैत्र कृष्ण औंसीका अवसरमा परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । टुँडिखेलमा घोडा दौडाउँदा 'गुरुमापा' नामक राक्षसको आत्मा कुल्चिने र सहरमा सुख-शान्ति कायम हुने जनविश्वास रहिआएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend