Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नव निर्वाचित सांसद बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार


सूचना कुण्ड
नव निर्वाचित सांसद   बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार

काठमाडौँ,फागुन २५ : प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह  (बालेन)ले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेद्वारी दिएर मतपरिणाम सार्वजनिक भइसकेपछि नेता बालेन्द्रले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको हो । 

निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ । 

निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन खर्च २ लाख ९३ हजार ८ सय, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २८ हजार ९७० र घरदैलो खर्च ५ लाख ८० हजार रुपियाँलगायतका खर्चहरु उल्लेख गरिएको छ ।

खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालय झापामा पेश गर्नुभएको हो । निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार निर्वाचन विवरण बुझाउने उम्मेद्वार शाह पहिलो हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend