Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

झापा–५ मा रास्वपाका शाह विजयी


सूचना कुण्ड
झापा–५ मा रास्वपाका  शाह विजयी

काठमाडौँ,फागुन २३ :  झापा जिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका वरिष्ठ नेता शाह विजयी हुनु भएको हो । 

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो । बालेन्द्रले ओलीको भन्दा करिब चार गुणा बढी मत पाउनु भएको छ ।  उहाँले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभयो ।उहाँहरुबिचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गर्नुभयो । यस्तै कांग्रेसकी मन्दरा चिमरियाले १८ सय २१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १५ सय ३६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तमाङले १४ सय ६१ मत पाउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend