Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ट्रान्जिटमा एक हजार तीन सयभन्दा बढी नेपाली रोकिए


सूचना कुण्ड
ट्रान्जिटमा एक हजार तीन सयभन्दा बढी नेपाली रोकिए

 

काठमाडौँ, फागुन २२ : क्षेत्रीय हवाई उडान अवरुद्ध हुँदा अबुधाबी, दुबई, दोहा र कुवेतका विमानस्थलमा कम्तीमा एक हजार नेपाली रोकिएका छन् । सम्बन्धित एयरलाइन्सले उनीहरूको अस्थायी बसोबास र खानपानको व्यवस्था मिलाएको यसअघि नै परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । युएई सरकारले ट्रान्जिटमा रहेका विदेशीलाई होटेलमा खाने बस्ने व्यवस्था गरेको युएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेतलगायतका देशमा रहेका नेपाली नागरिकको वास्तविक अवस्था बुझ्न र आवश्यक सहयोग पु¥याउन सम्बन्धित देशमा रहेका राजदूतावासले अनलाइन पोर्टल निर्माण गरेका छन् । ती दूतावासले सूचनामार्फत प्रभावित आफ्ना नागरिकलाई आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका हुन् । विवरण सङ्कलन र प्राथमिकता यो पोर्टल विशेष गरी पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा युएईका विमानस्थलमा अलपत्र परेका नेपालीका लागि सञ्चालनमा ल्याएको जनाइएको छ । 

युएईमा रहेको दूतावासका अनुसार फेब्रुअरी २८ पछि ओभर स्टे भएका व्यक्तिका हकमा कुनै पनि जरिबाना नलाग्ने जानकारी प्राप्त भएको छ । यस्तो असहज परिस्थितिमा रहेका नेपालीलाई विचलित नभई संयमता अपनाउनसमेत दूतावासले अनुरोध गरेको छ । अन्य प्रकृतिका समस्या वा अवस्थामा रहेका व्यक्तिका हकमा भने दूतावासले आगामी दिनमा अर्को सूचनामार्फत थप जानकारी गराउने उल्लेख छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend