Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने


सूचना कुण्ड
प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने

काठमाडौँ, फागुन ३ : निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्रित भएर आयोगले यस्तो निर्देशन दिएको हो।

आयोगले उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने जनाएको छ। 

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। 

आयोगले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ र २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा बैङ्क खातामार्फत मात्र लिनुपर्ने बताएको छ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्नेछ निर्देशनमा उल्लेख छ।

टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अङ्कित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने, ७५ ग्रामको कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङ्गको पर्चा मात्र वितरण गर्न पाइनेछ। डिजिटल बोर्ड, फ्लेक्स र भित्ते लेखन पूर्णतः निषेध गरिएको छ।

निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन  मात्र प्रयोग गर्न पाइनेछ भने सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाइएको छ।

निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न कडाइका साथ रोक लगाइएको छ। निर्वाचन कार्यक्रममा प्लास्टिक वा पोलिथिनजस्ता अजैविक सामग्रीको प्रयोग गर्न पाइने छैन। प्रयोग भएका प्रचार सामग्रीको उचित व्यवस्थापन सम्बन्धित दल वा उम्मेदवारले नै गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend