Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मतदाता शिक्षा विशेष कार्यक्रम फागुन ३ देखि १७ सम्म


सूचना कुण्ड
मतदाता शिक्षा विशेष कार्यक्रम फागुन ३ देखि १७ सम्म

काठमाडौँ, माघ २६ : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचन सफल बनाउन मतदाताको सचेत सहभागीता अनिवार्य हुने भएकाले आम–नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरेको आयोगले जनाएको छ ।

 उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नु निर्वाचन आयोगको प्रमुख दायित्व भएको बताउनुभयो । 

देशभरका ६ हजार ७४३ वडामा सो समयमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend