Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना :मृत्यु हुनेको संख्या १३,बेहुला–बेहुली सकुशल


सूचना कुण्ड
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना :मृत्यु हुनेको संख्या १३,बेहुला–बेहुली सकुशल

धनगढी , माघ २३ : बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहानसम्म १३ जानको मृत्यु भएको छ । ३४ जना घाइते भएका प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।

यसअघि, घटनास्थलमै आठजनाको मृत्यु भएको थियो । डडेलधुरा अस्पतालमा उपचाररत थप पाँचजनाले ज्यान मृत्यु भएको छ । 
 
घाइतेमध्ये २५ जनाको डडेलधुरामा र चारजनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते पाँचजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको बताइएको छ । 

बझाङ बित्थडचिर गाउँपालिका–७ बस्ने वर्ष ४० को केशबराज जोशी, वर्ष १३ का अशोकराज जोशी, ३५ वर्षका वसन्त जोशी, ४१ वर्षका विष्णुदत्त जोशी, ४२ वर्षका नरेशराज जोशीको मृत्यु भएको छ । 

बझाङ केदारस्यु गाउँपालिका ६० वर्षीय मोहनदेव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षका वसन्तराज रतला, बैतडी पुर्चौडी–७ बस्ने ४० वर्षीया पुष्पा अवस्थी, बझाङ बित्थडचिर–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थान बस्ने २८ वर्षका दीपकराज जोशी, सोही स्थानका ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु ७ का २७ वर्षीय केशबदत्त भट्ट र बैतडी पुर्चौडी–७ बस्ने १४ वर्षका सुशील जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो । बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । 

बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend