Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक


सूचना कुण्ड
क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक

काठमाडौँ, माघ २० : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल एक करोड ७९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । रामेछाप एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । अर्घाखाँची पनि एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ । मनाङमा पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend