Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वीरगन्जको कर्फ्यु साँझ ६ बजेसम्म जारी रहने


सूचना कुण्ड
वीरगन्जको कर्फ्यु साँझ ६ बजेसम्म जारी रहने

वीरगन्ज, पुस २२ : जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्‍याएको छ। 

दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मङ्गलबार दिउँसो एक सूचना जारी गर्दै पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मङ्गलबार साँझ ६ बजेसम्म निरन्तरता दिइएको जानकारी दिनु भएको हो। 

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो भने पहिलो पटक मङ्गलबार दिउँसो १ बजेसम्म त्यस पछि मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।  

कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला , जुलुश, प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ। 

कर्फ्यु का बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी निस्किन सुचनामा भनिएको छ। 

त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend