Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सारियो


सूचना कुण्ड
रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सारियो

झापा ,पुस २० : भद्रपुर विमान स्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ। विमान स्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो।

काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन यात्रुहरू सामान्य घाइते बनेका थिए।

विमान अप्ठ्यारो स्थानमा रहेकाले शनिबार दिनभर खोल्सा पुर्ने र जहाज सार्ने पूर्व तयारीको काम गरिएको खत्रीले जानकारी दिनु भयो। आइतबार सुरक्षित स्थानमा राख्ने योजना अनुसार काम भएको उहाँले बताउनु भयो। शनिबार बिहानबाट भद्रपुर विमान स्थलमा नियमित उडान तथा अवतरणमा कुनै पनि समस्या छैन।

दुर्घटनाबारे र विमानको अवस्थाको विषयमा प्राविधिक तथा इन्जिनियर घटना स्थलमा खटिएर आवश्यक अध्ययन तथा प्राविधिक काम सुरु गरेको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित विमान स्थल आएको छ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend