Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वीर अस्पतालमा विश्वमै दुर्लभ १०३ वर्षीय वृद्धाको न्युरो शल्यक्रिया


सूचना कुण्ड
वीर अस्पतालमा विश्वमै दुर्लभ १०३  वर्षीय वृद्धाको न्युरो शल्यक्रिया

काठमाडौँ, पुस १७ :  वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यक्रिया   सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो । 

“यो उमेरमा मस्तिष्कको शल्यक्रिया सफल हुनु भनेको विश्वकै लागि उदाहरण हो,” अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाले भन्नुभयो, “१०३ वर्षमा शल्यक्रिया गर्दा धेरै चुनौती आउँछन्, विश्वमा वृद्ध उमेरमा शल्यक्रिया हँुदैन ।” कोटेश्वर निवासी १०३ वर्षीय वृद्धालाई चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपत्कालीन कक्षमा ल्याइएको थियो । उहाँले जीवनभरि आफ्ना स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार गराउनुसमेत भएको थिएन । 

डा. झाले दिनुभएको जानकारी अनुसार वृद्धालाई एक महिनादेखि टाउको दुख्ने, लड्ने, बेहोस हुने समस्या रहेको थियो । उहाँको मस्तिष्कमा अत्यधिक रगत जमेको थियो । “रक्तस्राव हुने सम्भावना उत्तिकै थियो,” डा. झाले भन्नुभयो, “यो अवस्थामा शल्यव्रिmयाबाहेक अन्य विकल्प थिएन ।” 

“वृद्ध उमेरमा नदुख्ने सुई लगाए पनि हृदयाघात हुन सक्ने सम्भावना हुन्थ्यो,” झाले थप्नुभयो, “चुनौती मोलेर शल्यव्रिmया गरियो । अहिले वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

उहाँले १०३ वर्षको उमेरमा संसारमा मस्तिष्कको शल्यक्रिया गर्न नसकिने बताउँदै एक सय वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यव्रिmया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिने जानकारी दिनुभयो । 

“यस्ता केही मात्र केस रिपोर्ट भएका छन्,” डा. झाले भन्नुभयो, “वीर अस्पतालको न्युरो सर्जरी विभागले असाधारण उपलब्धि हासिल गरेको छ ।” 

अस्पतालका निर्देशक डा. दिलीप शर्माले विश्वमै दुर्लभ मानिएको मस्तिष्कको शल्यव्रिmया सम्भव भएको जानकारी दिनुभयो । 

पछिल्लो एक महिनादेखि उहाँलाई कहिलेकाहीँ टाउको दुख्ने र पटक पटक लड्ने समस्या देखिएको थियो । परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो तर दुई दिनसम्म लगातार अचेत अवस्थामा रहेपछि उहाँलाई अन्य अस्पताल लगियो । 

बिरामीले सधैँ वीर अस्पतालको नाम लिने भएकाले उहाँलाई वीरमा ल्याइएको थियो । अस्पताल आइपुग्दा उहाँ अचेत अवस्थामा नै हुनुहुन्थ्यो । विस्तृत परीक्षणपछि उहाँको मस्तिष्कमा धेरै ठुलो रक्तस्राव भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्युरो सर्जिकल शल्यव्रिmया आवश्यक थियो । अत्यन्तै उच्च र नाजुक उमेरमा मस्तिष्क शल्यव्रिmया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठुलो चुनौती थियो । बिरामीको परिवारले उहाँ बाँच्ने आशा नै गुमाइसकेको थियो । 

निर्देशक डा. शर्माका अनुसार न्युरो सर्जरी विभागको टोलीभित्र गहिरो छलफल तथा बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यव्रिmया गर्ने सामूहिक निर्णय गरिएको बताउनुभयो । उहाँले आइतबार राति शल्यव्रिmयापश्चात् बिरामीमा उल्लेखनीय सुधार देखिएको जानकारी दिनुभयो । 

शल्यव्रिmया प्राडा राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष बिमली, नर्स सिन्धु गौतमलगायतको समूहले गरेको थियो । हाल बिरामी बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भने आफैँ खाना खान सक्षम हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend