Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सौराहामा हात्ती महोत्सव


सूचना कुण्ड
सौराहामा हात्ती महोत्सव

चितवन , पुस ११ : नेपालकै तेस्रो पर्यटकीय क्षेत्र सौराहामा शुक्रबारबाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ।

हरेक वर्ष क्षेत्रीय होटल संघ, सौराहाको आयोजनामा हुने यो महोत्सवको यो १९ औं शृङ्खला हो।  महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शुक्रबार उद्घाटन गर्नुभएको हो। महोत्सवको उद्घाटन गर्दै  मुख्यमन्त्री बानियाँले हात्तीको संरक्षण मान्छेले गर्ने भएकाले प्रकृतिको संरक्षणमा अन्यता सोच्न नहुने बताउनुभयो।

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री सूर्य श्रेष्ठले व्यवसायीको समस्या समाधानमा सरकार प्रतिबद्द रहेको  बताउनुभयो।

कार्यक्रममा बोल्दै बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री   जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सबैलाई आग्रह गर्नुभयो। 

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले  महोत्सवले संस्कृति र पर्यटनलाई अगाडि बढाउन  सहयोग पुगेको बताउनुभयो।

महोत्सव मुल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल   बनाउन आग्रह गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटन मैत्री महोत्सव भएको बताउनुभयो।

महोत्सवमा हात्तीको पेनाल्टी, हात्ती सुन्दरी प्रतियोगिता,  हात्तीको वनभोज, हात्तीको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम रहेका छन्। पुस १३ गते सम्म चल्ने सो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend