काठमाडौँ, पुस ७ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, नेनकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
