Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

४० वर्षमाथिका ९७ प्रतिशत व्यक्तिमा आँखासम्बन्धी कुनै न कुनै समस्या : अध्ययन


सूचना कुण्ड
४० वर्षमाथिका ९७ प्रतिशत व्यक्तिमा आँखासम्बन्धी कुनै न कुनै समस्या : अध्ययन

काठमाडौँ, मङ्सिर १० : काठमाडौँमा गरिएको एक अध्ययनले ४० वर्षमाथिका ९७ प्रतिशत व्यक्तिमा आँखासम्बन्धी कुनै न कुनै समस्या देखाएको छ । विज्ञको भनाइ छ, ‘जनचेतना फैलाउन सके आँखासम्बन्धी समस्या ९० प्रतिशत कम गर्न सकिन्छ ।’ 

स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा तिलगङ्गा आँखा प्रतिष्ठानले तीन वर्ष लगाएर गरेको अध्ययनमा ०.५ प्रतिशतमा अन्धोपन रहेको पाइएको छ । प्राडा रीता गुरुङका अनुसार तिलगङ्गा आँखा अस्पतालले काठमाडौँमा छ महिनाभन्दा बढी बसोबास गरेका ४० वर्ष उमेर समूहभन्दा माथिका ४०० जनामा गरेको अध्ययनले ९७ प्रतिशतमा कुनै न कुनै आँखाको समस्या रहेको देखाएको जानकारी दिनुभयो ।  उहाँका अनुसार आँखामा समस्या देखिएकामध्ये ८० प्रतिशत व्यक्तिमा टाढाको देख्न नसक्ने, ४१ प्रतिशत व्यक्तिमा मोतीविन्दुको समस्या देखिएको छ ।  अनुसन्धान उच्च रक्तचाप, मधुमेह, उचाइ, तौललगायतका स्वास्थ्यका सूचकमा टेकेर अध्ययन गरिएको हो ।  

अध्ययनका अनुसार ६३ प्रतिशतले आँखाबाहेक अन्य समस्या रहेको बताएका थिए । तीमध्ये सबैले औषधी सेवन गरेका थिए । यसै गरी २४ प्रतिशतलाई चिनी (मधुमेह) रोग लागेको, ७६ प्रतिशतलाई मोतीविन्दु हुन्छ भन्ने थाहा नभएको पाइएको थियो । मोतीविन्दु के हो भनेकै थाहा नपाउने ५४ प्रतिशत थिए । प्राडा गुरुङले अन्धोपनको मुख्य कारण मोतीविन्दु रहेको उल्लेख गर्दै जनचेतनाले मात्र ९० प्रतिशत मोतिविन्दु घटाउन सकिने जानकारी दिनुभयो । 

“अन्धोपन भएकामध्ये दुई जना अस्पताल नगई घरमै बसेका थिए ।  उनीहरूसँग बुझ्दा अस्पतालसम्म लैजाने व्यक्ति नभएको र आर्थिक अवस्था कमजोर रहेको बताएका थिए,” डा. गुरुङले भन्नुभयो, “कतिपयले वृद्ध उमेरमा आँखा नदेख्नु सामान्य हो भनेर घरमै बसेको पाइयो । अन्धोपन हुनेमा महिला सबैभन्दा बढी थिए ।” उहाँले मधुमेह, रेटिनोप्याथी, उमेर  सम्बन्धित म्याकुलर डिजेनेरेसन, ग्लुकोमा र कोर्नियल रोगलाई दृष्टि (आँखा) मा नोक्सानी पु¥याउने तथा अन्धोपनको प्रमुख कारणका रूपमा पहिचान गरेको बताउनुभयो । 

अनुसन्धानले उच्च रक्तचाप र मधुमेहका कारण आँखामा समस्या देखिने दर बढेको देखाएको छ । अनुसन्धानमा सहभागीमध्ये ६९ प्रतिशतमा उच्च रक्तचाप र ४७ प्रतिशत मधुमेह रोगी थिए । तीमध्ये उच्च रक्तचाप भएकामध्ये एक प्रतिशत व्यक्तिमा हाइपरटेन्सिभ रेटिनोप्याथी र मधुमेह भएकामध्ये सात प्रतिशतमा डायबेटिज रेटिनोप्याथी देखिएको छ । अनुसन्धानले आँखामा समस्या देखिएपछि ७१ प्रतिशत व्यक्ति अस्पताल गएको देखाएको छ । तिलगङ्गा आँखा अस्पतालले ५० देखि ५९ वर्ष उमेरमा ६१ प्रतिशत महिला र ४० वर्षमाथिका ३९ प्रतिशत पुरुषको आँखा परीक्षण गरेर अध्ययन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend