Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा भूकम्पको धक्का


सूचना कुण्ड
अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं, कात्तिक२८:कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, यही कात्तिक २४ गते दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । यही कात्तिक २१ गते दिउँसो २ बजेर २२ मिनेटमा अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको अघिल्लो दिन अर्थात् कात्तिक २० गते राति १० बजेर ४० मिनेटमा दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend