Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने


सूचना कुण्ड
राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने

काठमाडौँ, कात्तिक २८ :अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणाली (Pre-registration System) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID-MIS) बीचको अन्तरआवद्धता (Integration) गर्ने सेवा सुरु गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यक्रममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो । 

यस कार्यको शुभारम्भसँगै जिल्ला निर्वाचन कार्यालयमा लाम लागेर मतदाता नामावलीमा नाम लेखाउनुपर्ने झन्झटबाट मतदाताले मुक्ति पाएका छन् । निर्वाचन कार्यालयमा नाम लेखाउनेको भिड बढ्न थालेपछि सरकारले विकल्पका रूपमा परिचयपत्र बनाउँदा दर्ता गरिएको ‘बायोमेट्रिक’ प्रयोग गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय परिचयपत्रमा दर्ता भइसकेका व्यक्तिले निर्वाचन आयोगको पोर्टलमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने छन् । यसरी दर्ता गर्दा परिचयपत्र बनाउन प्रयोग गरिएको बायोमेट्रिक नै मतदाता नामावली छपाइमा पनि प्रयोग हुन्छ । यस कार्यको शुभारम्भसँगै नेपालमा राष्ट्रिय परिचयपत्र बनाएर विदेश गएका नागरिकले पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाउने भएका छन् । यसका लागि सम्बन्धित व्यक्तिले वेबसाइटमा आफ्नो परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नु पर्छ । 

यदि विदेशबाट नामावलीमा नाम दर्ता गराउने हो भने मोबाइल नम्बरको सट्टा इमेल ठेगाना प्रविष्ट गर्नु पर्छ । यति गरेपछि परिचयपत्रमा उल्लेख भएको विवरण देखिन्छ । त्यसपछि आफूले मतदान गर्ने प्रदेश, जिल्ला, स्थानीय तहलगायतको विवरण भर्नु पर्छ तर परिचयपत्र नम्बर नभएका व्यक्तिले भने स्वदेश तथा विदेश कतैबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने छैनन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend