Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आज दिनभर देशभर सिमसिम पानी परिरहने : शनिबारदेखि केही सुधार हुने


सूचना कुण्ड
आज दिनभर देशभर सिमसिम पानी परिरहने : शनिबारदेखि केही सुधार हुने

काठमाडौं,कात्तिक१४:  देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । हल्कादेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ । मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्योसँगै देशमा पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

वर्षासँगै बाढीपहिरो, डुबानको जोखिम हुन्छ । दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । विभागले यस दिन सतर्क रहनुपर्ने जिल्लाको सूची सार्वजनिक गरेको छ । कोसी प्रदेशका सबै जिल्लामा सतर्क रहन विभागले आग्रह गरेको छ । मधेस प्रदेशका सप्तरी, सिरहा पनि सतर्क रहन भनिएको छ ।

मधेसका अरू र वाग्मती प्रदेशका सबै जिल्लामा ‘अद्यावधिक’ रहन आग्रह गरिएको छ । मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, कास्की, लमजुङ, डोल्पा, मुगु, हुम्लामा पनि अद्यावधिक रहन भनिएको छ ।

विभागले शनिबार र आइतबार (कात्तिक १५ र १६)का निम्ति भने कुनै चेतावनी जारी गरेको छैन ।

information.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend