Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मन्त्रिपरिषद् विस्तार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता


सूचना कुण्ड
मन्त्रिपरिषद् विस्तार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता

काठमाडौँ, कात्तिक ९ :  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गर्नुभएको हो । 

स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव हुनुहुन्छ भने खेलकुदमन्त्री गुप्ता सामाजिक अभियन्ता हुनुहुन्छ ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्की नेतृत्वको मन्त्रिपरिषदमा भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास कुलमान घिसिङ र गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल मन्त्री बन्नुभएको हो । 

असोज ६ गते महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त हुनुभएको हो । 

आइतबार स्वास्थ्य र खेलकुद मन्त्रीको शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend